डाक्टर गोविन्द केसीले प्रधानमन्त्री लगायत काठमाडौं विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गरेका छन्।
काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा चिकित्सा क्षेत्रको सुधारको लागि पटक–पटक अनसन बस्दै आएका डा केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरी अनसन बस्ने चेतावनी समेत दिएका छन्। पत्रकार सम्मेलनमा अनसन बस्ने दिन र समय भने बताईएको छैन ।
त्यस्तै उनले बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्। उनले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाए। झापाको बिएन्डसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको उनको भनाइ छ।
चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको आरोप डाक्टर केसीले लगाए।































प्रतिक्रिया