नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओलीले दिएको कारबाहीको धम्कीसँग कोही पनि नडराउन नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् ।
राजधानीमा आज सुरु भएको नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । फागुन २८ गते पार्टीको विधान अनुसार ओलीले गुटको भेला गरेको भन्दै शाक्यले ओलीको एकल निर्णय मान्य नहुने पनि बताइन् ।
आज सुरु भएको कार्यकर्ता भेला कुनै गुटको नभई नेकपा (एमाले) को भेला भएको पनि उनले प्रष्ट पारिन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टी विधान अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको बताए । उनले ओलीले भ्रष्टाचारलाई प्रशय दिने काम गरेको पनि आरोप लगाए ।
खनालले सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको प्रष्ट पारे । कार्यकर्ता भेला बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ ।































प्रतिक्रिया