‘साइबर स्यालबाट होसियार रहनुस्’ : माधव नेपाल

‘साइबर स्यालबाट होसियार रहनुस्’ : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले साइबर स्यालबाट होसियार रहन नेता कार्यकर्तालाई सचेत गराएका छन् ।

राजधानीमा आज सुरु भएको नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेता नेपालले ओलीले सुरु गरेको पार्टी विभाजनले सबैलाई निराश बनाएको बताए । उनले सबैजना यतिबेला पीडित रहेका छन् भन्दै अब ओलीको एकलौटी पार्टीमा नचल्ने बताए । पार्टीमा आफूले त्याग गरेको स्मरण गर्दै नेपालले कसैले जिम्मेवारबाट हटाइयो भन्दैमा त्यसलाई मान्न नसकिने बताए ।

नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओलीले दिएको कारबाहीको धम्कीसँग कोही पनि नडराउन नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । फागुन २८ गते पार्टीको विधान अनुसार ओलीले गुटको भेला गरेको भन्दै शाक्यले ओलीको एकल निर्णय मान्य नहुने पनि बताइन् । आज सुरु भएको कार्यकर्ता भेला कुनै गुटको नभई नेकपा (एमाले) को भेला भएको पनि उनले प्रष्ट पारिन् । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टी विधान अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको बताए । उनले ओलीले भ्रष्टाचारलाई प्रशय दिने काम गरेको पनि आरोप लगाए ।

खनालले सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको प्रष्ट पारे । कार्यकर्ता भेला बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

Skip This
Skip This
Logo