ओलीद्वारा बिहीबारका लागि संसदीय दलको बैठक आह्वान

ओलीद्वारा बिहीबारका लागि संसदीय दलको बैठक आह्वान


प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबारका लागि संसदीय दलको बैठकको आह्वान गरेका छन्। पार्टीभित्र विवाद बढ्दै गएकाले ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।

सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको एमालेले जनाएको छ। एमालेका अनुसार प्रतिनिधिसभाको बैठक प्रभावित भइरहेकाले कसरी बैठकलाई नियमितता प्रदान गर्ने भन्ने विषय पार्टीका अन्य विषयमा छलफल हुनेछ।

Logo