नेपाल-खनाल समूहका सांसदहरुको छुट्टै बैठक बस्दै

नेपाल-खनाल समूहका सांसदहरुको छुट्टै बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को नेपाल–खनाल निकट सांसदहरुको छुट्टै बैठक बस्ने भएको छ। सो समूहका सांसदहरुको बैठक हेरिटेज गार्डेनमा बस्ने भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेपछि उनीहरुको बैठक बस्न लागेको हो ।

ओली पक्षले आफूहरुको भेलालाई प्रभावित गर्ने गरि संसदीय दलको बैठक बोलाएको नेपाल खनाल समूहको निष्कर्ष छ ।

यो समूहको राष्ट्रिय कार्यकर्ता भेला पनि बुधबारदेखि हेरिटेज गार्डेनमै चलिरहेको छ । सो भेलाको समापन आज हुँदैछ ।

Skip This
Skip This
Logo