एमाले संसदीय दलको बैठक सुरु, नेपाल समूह गएनन्

एमाले संसदीय दलको बैठक सुरु, नेपाल समूह गएनन्

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको संसदीय दलको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।  सो बैठकमा नेपाल खनाल समूहका सांसद भने गएका छैनन् ।

यस समूहका केही सांसदहरुले छुट्टै छलफल गरेर ओलीले बोलाएको बैठकमा जाने बताएका थिए। बैठकमा हिंडेका केही सांसद बालुवाटार नपुगी बीच बाटोबाटै फर्किएका बताइएको छ।

प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै सांसदलाई आजको संसदीय दलको बैठकमा बोलाएका थिए। तर राष्ट्रिय भेलामा व्यस्त भएको भन्दै नेपाल समूहले सो बैठकमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । 

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

Skip This
Skip This
Logo