पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज, शोक प्रस्तावसहितका कार्यसूची सार्वजनिक

पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज, शोक प्रस्तावसहितका कार्यसूची सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

आज पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठक बस्ने भएको छ । आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। 

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश हुने सम्भावना छ। 

यस्तै संसद सचिवालयले पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको जनाएको छ।

प्रतिनिधिसभा पुनःस्थापनापछि हालसम्म तीन वटा बैठक बसेका छन् । तर ती सबै बैठकहरु राजनीतिक दलको किचलोका कारण अगाडि बढ्न सकेनन् । शुक्रवारको बैठक पनि उपलब्धीमूलक हुने सम्भावना न्युन देखिएको छ।

Skip This
Skip This
Logo