महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अब राजनीतिमा फर्किने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उनले आफ्नो राजीनामा र त्यसपछिको आगामी कार्यदिशाका बारेमा जानकारी गराएका हुन् । उनले नियुक्तिभन्दा अगाडिकै भूमिकामा सक्रिय हुने पनि बताए । उनले राजीनामापछि आफू राजनीतिको खुल्ला मैदानमा प्रवेश गर्ने स्पष्ट पारे ।
आफूले समयको मागअनुसार निर्णय गरेको उनको दाबी छ । प्रधानमन्त्री केपी ओली सँगसँगै जस्तो आफू महान्यायाधिवक्ताको पदको जिम्मेवारी लिएको स्मरण गर्दै उनले समयले बजाएको घण्टीलाई आफूले सुनेर सम्बोधन गरेको टिप्पणी गरे ।
उनले ३ बर्र्षे आफ्नो कार्यकालमा महान्यायाधिवक्ताको कार्यालयबाट भए गरेका कामहरु उल्लेख गर्दै आफूले ठिक ढंगले जिम्मेवारी पुरा गरेको स्पष्ट पारे । संविधान र कानून बमोजिम महान्यायाधिवक्ताको कार्यालयले अगाडि बढाउनुपर्ने कामहरुको पनि उनले जानकारी दिए । मुद्दाको अनुसन्धान गर्ने सवालमा अनुसन्धान र अभियोजनलाई स्वायत्तता दिने काम भएको, महान्यायाधिवक्ताले पनि हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे । महान्यायाधिवतक्ताले संविधान बमोजिम आफ्नो अधिकार प्रत्यायोजन गरिसकेपछि सम्बन्धित सरकारी वकिलले स्वायत्त र स्वतन्त्र ढंगले मुद्दाको अभियोजन गर्ने कुरामा पर्याप्त सर्तकता लिइएको उनको जिकिर छ ।





























प्रतिक्रिया