महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले बडालको नाम आजै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।
यसअघि अग्निप्रसाद खरेलले महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएका थिए। महान्यायाधिवक्तालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ।





























प्रतिक्रिया