एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, के गर्ला नेपाल-खनाल समूहले?

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, के गर्ला नेपाल-खनाल समूहले?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार (आज) का लागि संसदीय दलको बैठक आह्वान गरेका छन्। पार्टीभित्र विवाद बढ्दै गएकाले ओलीले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।

सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको एमालेले जनाएको छ। शनिबार बिहान साढे १० बजे बस्ने संसदीय दलको बैठकबाट कार्यदलले पेस गर्ने विधान पारित गर्ने तयारी छ। 

संसदीय दलको बैठकपछि १२ बजे बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । संसदीय दलको बैठक बिहीबार पनि बसेको थियो। सो बैठकमा नेपाल-खनाल समूह भने उपस्थित भएका थिएनन्। आजको बैठकमा पनि उनीहरुको उपस्थिती हुने सम्भावना कम देखिएको छ।

Logo