‘कांग्रेसले सरकारको नेतृत्व अरुलाई दिएर भएपनि ओलीको विकल्प खोज्नु पर्छ’: नेता पौडेल

‘कांग्रेसले सरकारको नेतृत्व अरुलाई दिएर भएपनि ओलीको विकल्प खोज्नु पर्छ’: नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि ओलीको विकल्प खोज्नु पर्ने बताएका छन्।

शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन्। राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नु पर्ने बताए। नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणा राखे। 

नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्न नहुने बताए। संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ। 

वरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए। संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनु पर्ने उनको भनाइ छ।

Skip This
Skip This
Logo