१३ बुँदे घोषणापत्र जारी गर्दै राप्रपा निकट ट्रेड युनियन महासंघको महाधिवेशन सम्पन्न

१३ बुँदे घोषणापत्र जारी गर्दै राप्रपा निकट ट्रेड युनियन महासंघको महाधिवेशन सम्पन्न


राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले १३ बुँदे घोषणापत्र जारी गर्दै प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले हिक्मत जंग भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

६७ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनले जारी गरेको घोषणापत्र निम्नानुसार रहेको छ ।

१. विश्व प्रभावित केरोना महामारीमा नेपाल पनि अछुतो रहन सकेन, तर नेपाल सरकार श्रमजिवीहरुको लागि स्वास्थ्य, रोजगार, राहत कार्यमा पूर्ण असफल ।
२. नेपालको ट्रेड युनियन आन्दोलन र श्रमिकका अधिकार प्राप्तिमा सरकार, व्यवस्था परिवर्तन भएपनि श्रमिकका अवस्था जहाँको तहीँ, नयाँ स्वरुपका साथ टुकोन अगाडि बढ्नेछ ।
३. सामाजिक सुरक्षा, जुन उद्देश्यका साथ ल्याइएको हो, सो बमोजिम अगाडि बढ्न नसक्नु सरकारको कमजोरी देखिन्छ । त्यसैले असंगठित क्षेत्रमा प्रभावकारी ढंगबाट समेटी लागु गर्न टुकोन क्रियाशिल रहनेछ ।
४. ७७ वटै जिल्लामा श्रमिक सूचना केन्द्र सञ्चालन गरिनेछ । खासगरि विदेश जाने श्रमिकहरुको लागि यो प्रभावकारी हुनेछ ।
५. देशव्यापी रुपमा संगठन निर्माण कार्य तिव्र गतीमा २०७८ साललाई उपयोग गर्दै क्षेत्र, वडा तहसम्म लगिनेछ र सोही बमोजिम प्रशिक्षण समेत गराईनेछ ।
६. देशव्यापी सञ्चालनमा रहेका उद्योग, कलकारखाना, होटल, म्यानपावर, सामाजिक संघ संस्थाको पूर्णरुपमा लेखाजोखा गर्दै श्रमिकको कार्यरत स्थानको अध्ययन गर्दै निराकरणको पाइला अवलम्बन गर्नेछ ।
७. कुनैपनि क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पर्ने आपतकालिन कार्यको लागि छुट्टै कोष र उद्धार कार्य व्यवस्थापन सबै जिल्लामा स्थापना गरिनेछ । 
८. अन्तराष्ट्रियस्तरमा भाईचारा सम्बन्धलाई द्रुत गतिमा विस्तार गरि सहभागितामूलक रुपमा सहभागि गराइनेछ । 
९. नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, सिएनआई, चेम्बर अफ कमर्स एवं सरोकारवालाहरुसँगको सम्बन्धलाई कायम राख्दै श्रमिकका अधिकारलाई सुनिश्चित गर्ने पहल गरिनेछ ।
१०. राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल नीतिलाई आत्मसात गर्दै अक्षरस रुपमा पालना गरि देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने कार्य पूर्ण रुपमा पालना गरिनेछ ।
११. ‘एक घर एक रोजगार’ नीतिलाई पार्टीसँग समन्वय गरी कार्य थालनी गरिनेछ ।
१२. जिल्ला कार्य समिति चलायमान बनाउने । मातहतका समितिलाई सक्रिय बनाउँदै जिल्लाका हरेक गतिविधीमा चनाखो हुने र केन्द्रसँग समन्वय गर्ने ।
१३. यि सबै विषयलाई मध्यनजर गर्दै आगामी हुने स्थानीय, प्रदेश, संघको निर्वाचनमा पार्टीको निर्देशन अनुसार परिचालन हुने, गराउने ।

Logo