नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । 

निर्वाचन कार्यक्रम अनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ः३० बजेदेखि चैत १० गते दिउँसो १२ः३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए। 

मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिनेछ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिनेछ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ। 

यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ। मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ। 

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताए। केन्द्रीय निर्वाचन समितिको कार्यालय महासङ्घको केन्द्रीय कार्यालयमै रहेको छ।  यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ। ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ। देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन्।रासस

Skip This
Skip This
Logo