संविधान र कानूनको पालना गरेर काम गर्छु : महान्यायाधिवक्ता बडाल

संविधान र कानूनको पालना गरेर काम गर्छु : महान्यायाधिवक्ता बडाल

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

महान्यायाधिवक्ता वडालले पदभारका क्रममा संविधान, कानूनलाई पूर्णरुपमा पालना गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने बताए।

सो अवसरमा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ गरिएको थियो। बिदाइका अवसरमा खरेलले आफूले महान्यायाधिवक्ता भएर केही सुधारका कामहरु सुरु गरेको र त्यसलाई थप अघि बढाउन आग्रह गरे।

नेपालको संविधान अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ताको नियुक्त गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार चैत ६ गते महान्यायाधिवक्तामा बडालको नियुक्ति हुनु भएको हो। सोही दिन पूर्वमहान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएका थिए।रासस

Logo