नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।
मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताएका हुन् । उनले स्पष्टिकरणबाट आफूहरु नतर्सेको समेत बताए ।
आफू कहिले अलमलमा र द्धिविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पारेका छन् । आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने उनको भनाइ छ प्रधानमन्त्री ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्चिमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताए । नेता नेपालले नेकपा एमाले आफूहरुको भएको पनि बताए ।
प्रधानमन्त्री ओली बि–माले, सि–माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गरे । प्रधानमन्त्री ओली र आफूहरुको बीचमा प्रवृत्ति र विचारको लडाईं भएको पनि नेता नेपालको भनाइ छ । अध्यक्ष ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको उनको दाबी छ ।





























प्रतिक्रिया