जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने बताएका छन्।
सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गरेकोमा चिन्ता व्यक्त गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै नेता भट्टराईले कुनै बाहानामा भाग्ने गल्ती नगर्न पनि सुझाव दिएका छन्।
नेता भट्टराईले लखनौमा दुई नबाबबीच को पहिले गाडी चढ्ने भन्नेमा अन्योल हुँदा गाडी नै छुटेको लोक कहानीको प्रसंग उल्लेख गर्दै प्रतिपक्षी दलहरुलाई संघर्ष गर्न पर्खन नहुने सुझाव दिएका हुन्।
नेता भट्टराईले भनेका छन् , ‘पहले आप, पहले आप भन्दा भन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे । विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ । सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो । यो वा ऊ बहानामा भाग्ने गल्ती नगरौं।'





























प्रतिक्रिया