काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भनि गरिएको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज एक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न पनि गरेका छन् ।
प्रवक्ता शर्माले जनताले कर तिर्दिनँ भने कसरी धान्ने ? भनेर प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘उपचार गर्दिनँ’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिनँ’ भने कसरी धान्ने सम्माननीय प्रधानमन्त्रीज्यू ? उपचार निःशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् । जय नेपाल ।’

आइतबार सरकारले यस्तो निर्णय गरेपछि अहिले यसको चौतर्फि आलोचना भएको छ ।































प्रतिक्रिया