कांग्रेस केन्द्रीय समिति बैठक चैत २० गते

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० गते

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। शीर्ष नेताहरुबीच भएको सहमति अनुसार सभापति देउवाले चैत २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

आशन्न १४ औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुन लागेपछि यसकै विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

संघीय संरचना अनुरुप एक वर्षअघि नै सक्नुपर्ने पार्टी समायोजनको काम अझै सकिएको छैन । सप्तरी, सिन्धुपाल्चोक र बारामा लगायतका जिल्लामा फागुन १५ भित्र सक्नु पर्ने समायोजनको काम आन्तरिक विवादका कारण अझै टुंगिएको छैन । 

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पटक पटक स्थगित कांग्रेसको महाधिवेशनलाई सबैतिरबाट चासोका रुपमा लिइएको छ।

Skip This
Skip This
Logo