एमाले संसदी दलको बैठकमा माधव समूह नजाने

एमाले संसदी दलको बैठकमा माधव समूह नजाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजकाे लागि दलकाे बैठक बाेलाएका छन् । तर आजकाे बैठकमा माधवकुमार नेपाल समूहका नेताहरू नगई केन्द्रिय समितिकाे बैठक बोलाएका छन् । 

आज नेपाल कम्युनिष्ट पार्टी एमाले का दुई समूहले छुट्टाछुट्टै बैठक आयोजना गरेका हुन् । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल-नेपाल समूहले बताएको हाे । 

Logo