पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेशको शिक्षा सबैभन्दा बढी खस्कँदो रहेको टिप्पणी गरेका हुन् । पहाडी क्षेत्र र पश्चिम मधेशमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेशका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कँदो रहेको बताए । उनले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने तर्क राखे । समाज रुपान्तरणको जग नै शिक्षा भएको पनि उनको भनाइ छ । यस्तै शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि उनले धारणा व्यक्त गरे ।
पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त भएको उनको तर्क छ ।































प्रतिक्रिया