११ कात्तिक २०७८ बिहीबार

माधव समूहकाे स्थायी कमिटी बैठक आज बस्दै

नेकपा एमाले माधव समूहकाे स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बाेलाइएकाे एक नेताले बताए । 

ओलीकाे कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु दिउँसो १२ बजे छलफलमा बस्ने भएका हुन् । नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए ।

ओलीकाे यो कदम नीति, विधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डविपरित भएकाे भन्दै माधवकुमार नेपाल र भीम रावले कारवाही अस्वीकार गरिसकेकाे छ । 

प्रकाशित: १७ चैत २०७७ ०९:२६ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी