कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं : नेता नेपाल

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं : नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन्।

बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागेको बताएका हुन् । उनले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धरासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्पसमेत गरे। त्यसका लागि देशै भरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे। 

उनले भने, ‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ सिराबाट उठाउन चाहन्छौं । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धरासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं। यो हाम्रो सङ्कल्प हो। यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिष्ट आन्दोलनका योद्धाहरु, नेपाल कम्युनिष्ट पार्टी एमालेका योद्धाहरु चैत्र ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ। साढे चार हजारदेखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ की हामी कम्युनिष्ट पार्टीको एकताको पक्षमा छौं, कम्युनिष्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरुप दिने पक्षमा छौं र हामी आम जनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सधैंभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं।’

आफूहरुको विचार माक्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए। आफूहरु सामाजिक न्यायसहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको उनको भनाइ थियो । विचार, सङ्गठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पारेका छन्।

Skip This
Skip This
Logo