बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडी बढ्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने बताएका हुन् । उनले सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गरे ।
बैठकमा नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको उनको भनाइ छ । नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि जिकिर गरिन् । पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया