जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसपाले ओलीतन्त्रको घाँस नखाने बताएका छन् ।
आज सामाजिक संजालमा एक सन्देश लेख्दै भट्टराईले यस्तो बताएका हुन् । जसपाले वर्तमान ओली सरकारलाई सर्मथन गर्ने चर्चा भइरहेका बेला नेता भट्टराईले यस्तो हुन नसक्ने बताए ।
उनले बीपी कोइरालाको उदाहरण दिंदै रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् भनेका छन् ।
'के बन्दी बीपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ?' उनले भनेका छन्, 'के आफ्ना नेता, कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस, कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न । चेतना भया।'































प्रतिक्रिया