जुनारको उत्पादन र बजारीकरणमा सहयोग गर्ने कृषिमन्त्री अर्यालको प्रतिबद्धता

जुनारको उत्पादन र बजारीकरणमा सहयोग गर्ने कृषिमन्त्री अर्यालको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती त्यहाँका किसानहरुले पहलकदमी थालेका छन् । यसै क्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले बिहीबार कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

किसानहरुले मन्त्री अर्याललाई त्यहाँ उत्पादित जुनार उपहार दिँदै सिंचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ती सिंचाईको व्यवस्थाका निम्ती सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन वृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिन् । बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिइन् । उनले जुनार उत्पादन क्षेत्रमा सिंचाईको व्यवस्था समेत गरिने बताइन् ।
 
भागेश्वर गाउँपालिका ५ चुल्ल–शिराड डडेलधुराका किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् । अहिले बजारीकरणका निम्ती १३ सय किलो जुनार लिएर काठमाडौँमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिए । ‘बाउबाजेको पालादेखि नै डडेलधुरामा जुनारको खेती गर्दै आएको हो । तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था थियो’, उनले भने,  ‘बजार नपाउने समस्या थियो । त्यसैले अहिले हामीले कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौँ आएका हौं ।’

Skip This
Skip This
Logo