सरकारले सिफारिस गरेका तीन राजदूत विरुद्ध संसदीय सुनुवाई समितिमा चार उजुरी दर्ता

सरकारले सिफारिस गरेका तीन राजदूत विरुद्ध संसदीय सुनुवाई समितिमा चार उजुरी दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चार वटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै समिति सभापति लक्ष्मण लाल कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको जानकारी दिए ।

समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतहरु विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको उनको भनाइ छ । उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध ३ वटा र बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी विरुद्ध १ वटा रहेको सभापति कर्णले जानकारी दिए । सरकारले डा. खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूत सँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवाशीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवाशीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवाशीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवाशीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवाशीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

Skip This
Skip This
Logo