सरकारलाई संविधानले नै हिँड्ने बाटो देखाएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

सरकारलाई संविधानले नै हिँड्ने बाटो देखाएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारलाई हिँड्ने बाटो संविधानले नै तय गरिदिएको बताएका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले)लाई चिन्दिनँ भन्ने भनाईको खण्डन गर्दै सरकार संविधानअनुसार नै चलेको बताएका हुन् । 

दार्चुलाको सीमाना रहेको महाकाली नदीमा भारतले बनाइरहेको बाँधका सम्बन्धमा भारतलाई सरकारले ध्यानाकर्षण गराइसकेको भन्दै एक हप्तापछि भारत र नेपाल दुवैको नापी विभागले तथ्यगत प्रमाण संकलन गर्ने उनले जानकारी दिए । 

बैठकमा सांसदहरुले म्यानमारका विषयमा सरकारले धारणा प्रस्तुत नगरेको भन्ने विषयको खण्डन गर्दै पहिले नै नेपालले आफ्नो धारणा प्रस्तुत गरिसकेको जनाए । त्यस्तै राष्ट्रपतिको दुईदिने बंगलादेश भ्रमणमा रेलमार्गबाट पारवाहन सञ्चालन गर्ने, यातायात, हवाईमार्ग जलवायु परिवर्तन, विषादीको प्रयोग, पर्यटन र सांस्कृतिक आदानप्रदानका विषयमा सम्झौता भएको उनले बताए । 

Skip This
Skip This
Logo