नेकपा एमाले कार्णाली प्रदेश संसदीय दलको बैठक आज दिउँसो १ बजेका लागि बोलाईएको छ ।
प्रमुख सचेतक गुलावजंग शाहका अनुसार यसअघि आइतबार बसेको दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
कर्णाली प्रदेशमा एमालेबाट आर्थिक मन्त्री प्रकाश ज्वालासँगै सामाजिक विकास मन्त्री दल बहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दलबहादुर रावल छन् ।
उनीहरुले आज दलको बैठक अघि नै राजीनामा बुझाउने तयारी भइरहेको प्रमुख सचेतक शाहको भनाइ छ ।
यसअघि चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकबाट नै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरिएको थियो।
कर्णाली प्रदेशमा कुल ४० मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद रहेका छन् ।





























प्रतिक्रिया