बोकाले दाईं हुँदैन, गोरु नै चाहिन्छ : महेश बस्नेत

बोकाले दाईं हुँदैन, गोरु नै चाहिन्छ : महेश बस्नेत

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद् महेश बस्नेतले बोकाले दाईं नहुँने र दाईं गर्न गोरु नै चाहिने भन्दै व्यंग्य गरेका छन्। 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रलाई न पोथी न भालेको आरोप लगाए । बस्नेतले माओवादी केन्द्रलाई बोकाको संज्ञा दिंदै सरकार चलाउन नसक्ने र दाईं गर्न गोरुको हैशियत देखाउन पनि चुनौती दिए।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गरेको दाबी गर्दै यस अघि भ्रष्टाचार गर्ने गरेका नेताहरु कुन पार्टीमा छन् भन्दै प्रश्न पनि गरे । 

सरकारले गरेका कामको समर्थन गर्दै कसैले विरोध गर्नुको तुक नभएको बस्नेतले बताएका छन् । 

Logo