कांग्रेस सांसद गगन थापाले दशैं भत्ता फिर्ता गर्ने

कांग्रेस सांसद गगन थापाले दशैं भत्ता फिर्ता गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता बापतको रकम फिर्ता गर्ने बताएका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै दशैंभत्ता बापतको रकम संसद सचिवालयमा फिर्ता गर्ने जनाएका छन् ।

सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम फिर्ता दिन आफू तयार रहेको र यस्तो विषम परिस्थितीमा सरकारले दिने भनिएका भत्ता कटौतीको आफू विपक्षमा रहेको समेत बताएका छन् ।

कोरोना महामारीको यस्तो परिस्थितिमा सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनको भनाई छ । सांसद थापाले आफूलाई थाहा नै नदिई दशैंभत्ता दिएको भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् ।

 

Logo