राष्ट्रिय जनमोर्चा नेपालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् ।
अहिलेको सरकारलाई दिएको समर्थन फिर्तासँगै जनमोर्चाले अब काँग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाएमा समर्थन गर्ने भएको छ ।
जनमोर्चाको समथर्न फिर्ताले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकार अप्ठ्यारोमा परेको छ। यस प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन्।































प्रतिक्रिया