गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। संसदमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। 

तीन जना सांसद रहेको राष्ट्रिय जनमोर्चा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार संकटमा परेको छ । जनमोर्चाले कांग्रेस र माओवादीलाई सहयोग गर्ने जनाएको छ । यससँगै उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

सरकार संकटमा परे लगत्तै गए राति गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको थियो। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए।

नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेपछि अधिवेशन अन्त्य गरिएको थियो ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सारिएको छ।

दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ। 

Skip This
Skip This
Logo