विगतमा प्रदेश सरकारहरूलाई समर्थन गरेर गल्ती गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिने भएको छ।
पार्टीको सचिवालय कार्य व्यवस्थापन समिति सदस्य तथा अधिवक्ता श्याम तिमल्सिनाले समर्थन गरेर पहिले गरेको गल्तीलाई नदोहोर्याउने बताए।
उनले विश्वासको मतको विपक्षमा पनि मतदान नगर्ने बताए । बरु तटस्थ रहने बताए।
“ठूला दलहरूको सत्तालक्षित फोहोरी खेलमा यसपटक हामी सहभागी हुँदैनौं, विगतमा केही गल्ती भए हामीबाट, यसपटक तटस्थ बस्छौं”, नेता तिमल्सिनाले भने। कर्णाली प्रदेशमा राप्रपाको एक सिट छ।





























प्रतिक्रिया