राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि कर्णाली प्रदेश सांसद शोशिला शाहीले संसद्मा बसाइ व्यवस्थापनबारे गुनासो गरेकी छिन्।
कहिले अगाडि र कहिले पछाडिको सिटमा बसाइने गरिएको उनको गुनासो छ।
प्रदेश संसद्को सातौं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले एकजना मात्रै सांसद भएकोले र बोल्न नजान्ने भएकोले त्यसो गरिएको हुन सक्ने अड्कल गरिन्।
सभाभुख राजबहादुर शाहीलाई एकजना मात्रै सांसद भएको कारणले हो कि? किन यस्तो भइरहेको छ? भन्दै प्रश्न पनि गरेकी छिन्।
अब पनि बसाइको स्थायी टुङ्गो नगरिए दर्शकदीर्घामा गएर बस्ने उनको चेतावनी छ।
शोशिलाको सम्बोधन :
… मनमा लागेका दुई/चार कुरा भन्न चाहन्छु। म सिटको लागि लोभिएको होइन। हाम्रो पार्टी पनि लोभिने खालको होइन। जनताले चुनेर यहाँसम्म आएकी हुँ।
जनताले नै मत दिएर आइसकेपछि दलको मान्यता के हुन्छ? कस्तो हुन्छ? हजुरहरूले सोच्नु भएको होला जस्तो लाग्छ मलाई।
समय-समयमा कहिले मलाई अगाडि बसालिन्छ। कहिले पछाडि बसालिन्छ।
सभामुख महोदय एकजना मात्रै माननीय भएको कारणले हो कि? किन यस्तो भइरहेको छ? मैले बुझ्न सकेको छैन।





























प्रतिक्रिया