बालुवाटारमा सर्वदलीय बैठक सुरु

बालुवाटारमा सर्वदलीय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बोलाइएको बैठक भर्खरै सुरु भएको हो।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेकै नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूले भने बैठक बहिस्कार गरेका छन्।

प्रधानमन्त्री ओलीले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरूलाई भने बोलाएका थिएनन्।

जसपाका दुवै नेता प्रधानमन्त्री पदबाट ओलीको बहिर्गमन चाहन्छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालसँगै नेता नेपाल र खनाल पनि ओलीको बहिर्गमनको पक्षमा छन्।

राजनीतिक संकट गहिरिँदै गएको बेला ओलीले बोलाएको बैठकलाई निक्कै महत्वका साथ हेरिएको छ।

Logo