सभामुखले असहयोग गरेको प्रधानमन्त्री ओलीको गुनासो

सभामुखले असहयोग गरेको प्रधानमन्त्री ओलीको गुनासो

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले असहयोग गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो गरेका छन्। 

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले सभामुख सापकोटाको भूमिका अराजक र अनैतिक भएको टिप्पणी गरेको राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बताए।

उनले संसदमा रहेका दलहरूको सहयोग आवश्यक रहेकोमा जोड दिएको पनि लोहनीले बताए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेता महन्थ ठाकुर, नेमकिपा नेता प्रेम सुवाललगायत थिए। माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल भने बैठकमा गएनन्।

Logo