आजैदेखि लागू हुने गरि संसद्को हिउँदे अधिवेशन अन्त्य

आजैदेखि लागू हुने गरि संसद्को हिउँदे अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउसो १ बजेदेखि लागू हुने गरि संसद् अधिवेशन अन्त्य गरेकी हुन्। 

आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपतिद्वारा अधिवेशन अन्त्य भएको हो ।

 ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१/६ को सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १ बजेदेखि अन्त्य गरेको छु।’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत फागुन २३ गते राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी थिइन्।

Logo