हेर्न नभ्याइनेमा राखियो सभामुख सापकोटाविरुद्धको मुद्दा

हेर्न नभ्याइनेमा राखियो सभामुख सापकोटाविरुद्धको मुद्दा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याउने भएको छ। 

संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि उक्त मुद्दा आज हेर्न नभ्याइने भएको हो। स्रोतका अनुसार अन्य मुद्दाको चापका कारण उक्त मुद्दा आज हेर्न नभ्याइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

माओवादी सशस्त्र संघर्षका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो । यसअघि पनि सोहि मुद्दा पटक–पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो। आज हेरिने भएकोमा पनि सोहि नजिर दोहोरिएको छ। 

लामाकी पत्नी पूर्णिमाया लामाले २०६८ असार ६ गते सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेकी थिइन्।

Skip This
Skip This
Logo