ओली-नेपाल वार्ता सकियो, कुनै प्रगति भएको छैन : नेता नेपाल

ओली-नेपाल वार्ता सकियो, कुनै प्रगति भएको छैन : नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

दोस्रो दिनपनि वान टु वान वार्तामा बसेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीचको वार्ता आज पनि बिना निष्कर्ष टुंगिएको छ। वार्ताबाट निस्किएका पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिदै नेता नेपालले वार्तामा कुनै प्रगति नभएको जनाएका छन् । 

नागपोखरीस्थित होटल मेरियटमा दिउँसो २ बजेबाट सुरु भएको वार्ता ४ बजे सकिएको हो । बुधबार २ घन्टा वार्ताको टेवुलमा बसेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपाल आज पनि २ घन्टा वार्तामा बसेका हुन्।  

पार्टी फुट नजिक रहेको अबस्थामा आजको वार्तालाई निकै महत्वका साथ हेरिएको छ । 

प्रतिनिधिसभा विघटनपछि तिक्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ पनि एक्लाएक्लै २ घण्टा छलफल भएको थियो। वार्ता सकिएसँगै ओली होटलबाट बाहिरिसकेका छन्, भने नेता नेपाल ओली भन्दा आधा घन्टा पछिमात्र बाहिरिएका हुन् ।

वार्ताबारे प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल ढुगडले भने वार्ता फलदायी बन्दै गएको र शनिबार पुनः बस्ने तय भएको बताए।

Logo