बालुवाटारमा डिनर चल्दाचल्दै किन निस्किए बामदेव ?

बालुवाटारमा डिनर चल्दाचल्दै किन निस्किए बामदेव ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का नेता बामदेव गौतमबीच भएकाे बिहीबार साँझको भेट अर्थहीन बनेकाे वामदेव गौतमकाे सचिवालयले जनाएकाे छ । 

बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो ।'

अध्यक्ष ओलीको यस्तो प्रतिक्रियासँगै नेता गौतम बैठक छाडेर बाहिरिएका थिए। ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ,’ उनको भनाइ उद्धृत गर्दै सचिवालयले लेखेको छ, ‘डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’

Logo