हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन्। नेकपा एमाले धनुषा जिल्ला कार्य समितिद्वारा जनकपुरधाममा कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीको दम्भको वायुपंखी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट पारे। पार्टी प्रावधान अनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको भन्दै नेता नेपालले आफूहरूको मूल घर नेकपा (एमाले) नै भएको उल्लेख गरे ।
कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’गर्ने ४ जना नेकपा (एमाले) का प्रदेशसभा सांसद् पार्टीबाट निष्काशन भएका छन् । आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई पार्टी र संसद् सदस्यसमेत नरहने गरी कारवाहीगर्ने निर्णय गरेको हो। यस्तै आजको बैठकले माओवादीबाट एमालेमा आएका नेताहरू समेटेर स्थायीकमिटीगठन गरेको छ। स्थायी कमिटीमा खनाल–नेपालपक्षका नेता भने अटाएका छैनन्।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ। प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
४० परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड–१९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्या बारे सरकार जानकार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुर्नस्थापना गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको बताए। त्यस्तै कार्यक्रममा बोल्दै नेपाल अफ्रिका फिल्म फेस्टिभलकी निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकि देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताइन्। फिल्म फेस्टिभलमा नेपाली फिल्महरुपनि प्रदर्शन गरिने उनको भनाइ छ।
नेपाल सरकारले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ। २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको तथा भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। विशेष गरेर भुकम्पपछि पञ्चवर्षीय तथा पुर्नस्थापना योजनाअनुसार परिमार्जन कूल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब मध्ये अहिलेसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको पनि प्राधिकरणले जनाएको छ।





























प्रतिक्रिया