प्रधानमन्त्री ओलीविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

प्रधानमन्त्री ओलीविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

केन्द्रबिन्दु
0
Shares

एमालेका निलम्वित नेता माधवकुमार नेपालसहितका चार नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कारबाही र स्पष्टीकरण गैरकानूनी भन्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ।

आइतबार समय अभावले रिटको सुनुवाइ नभएपछि सर्वोच्चले ‘हेर्न नभ्याइने’ मा राखेको थियो।

रिटको पेसी अन्तिमतिर तोकिएकाले सोमबार पनि सुनुवाइ हुने सम्भावना कम छ।
नेता नेपालसहित नेताहरू डा. भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले निर्वाचन आयोग र ओलीलाई विपक्षी बनाएर गत बिहीबार रिट दायर गरेका हुन्।

आलोचना गरेको आरोपमा अध्यक्ष ओलीले संविधान र पार्टीको विधानविपरीत २७ सांसदलाई दल त्याग गरेको भन्दै निश्कासन गरी कारबाही गर्न लागेको रिट निवेदनमा उनीहरूको जिकिर छ।

ओलीले पटकपटक गरेका सबै कारबाही र स्पष्टीकरण पनि स्वतः गैरकानूनी भएको जिकिर गरेका छन्।

उनीहरूले गत फागुन २८ गतेको दशौं विशेष बैठकदेखि ११औं र १२ औं बैठक स्वतः बदरभागी रहेको पनि दावी गरेका छन्।

उत्प्रेषणको आदेशले ओलीले गरेका सबै कारबाहीहरू बदर गर्न उनीहरूको माग छ।

Skip This
Skip This
Logo