आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनका विषयमा छलफल हुने

आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनका विषयमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । 

आजको मन्त्रिपरिषद् बैठक कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताइएको छ। बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले गरेको सिफारिसमा छलफल हुनेछ।

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेका कारण कम्तीमा तीन साता देशभर लकडाउन गर्न तथा पहाडमा २०० जना र शहरी क्षेत्रमा ५०० जना सक्रिय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्न सक्ने गरि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। आज यसै विषयमा छलफल हुने भएको हो।

Logo