कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निलम्बित

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निलम्बित

केन्द्रबिन्दु
0
Shares

पार्टीको निर्देशन विपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले कर्णालीका  चार जना सांसदको पद गुमेको छ। 

माओवादी नेतृत्वका मुख्यमन्त्री शाहीलाई मतदान गरेको भन्दै एमालेले पार्टीको सदस्यसमेत नरहने गरी उनीहरुलाई कारबाही गरिसकेको छ। 

यसअघि वैशाख १२ गते एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेशसभामा दर्ता गरेको थियो। उनीहरुको मत पाएर मुख्यमन्त्री शाहीको सरकार जोगिएको हो।

प्रदेशसभाको सोमबार बसेको सातौँ अधिवेशनमा चार सांसदको पद रिक्त भएको जानकारी दिइएको हो । पद गुमेका मध्ये अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र प्रकाश ज्वाला रहेका छन् ।

 

Skip This
Skip This
Logo