केन्द्रबिन्दु बुलेटिन: गण्डकीमा गडबड, आइसियुमा सांसद (भिडियो)

केन्द्रबिन्दु बुलेटिन: गण्डकीमा गडबड, आइसियुमा सांसद (भिडियो)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेशसभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ। बुधबार बसेको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रस्तावमाथि छलफल गरेका थिए। दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने र मतदान गर्ने कार्यक्रम थियो। तर, निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक जना सांसद् खिमविक्रम शाही अनुपस्थित भएपछि आजको बैठक प्रभावितको थियो। अब, गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

उपत्यकामा सरकारले जारी गरेको निषेधाज्ञाको निर्णय भोली अर्थात विहीबारबाट लागू हुँदैछ। कोरोना संक्रमण दर तिव्र देखिएका बेला निषेधाज्ञालाई प्रभावकारी र मानिसहरूको चहलपहललाई व्यवस्थापन गर्न नेपाल प्रहरीले विशेष भूमिका निर्वाह गर्ने भएको छ। त्यसका लागि काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३ सय बढी प्रहरी जनशक्ति परिचालन गर्ने ट्राफिक प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

सरकारकै स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक दुल्लु दैलेखमा निक्षेपकर्ताको रकम हिनामिना गरि बैंकका क्याँसियर ने फरार भएका छन्।  रकम नै झिकेर फरार भएको विवरण सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ भने, बैंकले पनि फरार क्याँसियरको खोजीकार्य सुरु गरेको छ। वित्तीय निकायमध्ये बैंक आर्थिक सुरक्षाको दृष्टिले निकै भरपर्दो मानिन्छ, तर दैलेखको यस घटनाले भने सर्वसाधरणमा त्रास जन्माइँ दिएको छ।

सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ। अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ। मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्ता पार्वत गुरुङले नेपालभारत स्थलगत सिमा मार्गहरु नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र त्यसका लागि सरकारले जग्गा र अर्थमन्त्रालयले आवश्यक बजेट निकासा दिनेपनि जानकारी गराएको छ ।

नेकपा (एमाले) का निलम्बित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरीतका क्रियाकलाप नरोकिएसम्म माधव नेपाल पक्षीय समूहको अभियान नरोकिने बताएका छन्। बुधबार काठमाडौंको कलंकीमा बसेको माधवपक्षीय स्थायी कमिटी बैठकपछि बोल्दै नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको आरोप पनि लगाएका छन्।

Logo