आफ्नै पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

आफ्नै पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

केन्द्रबिन्दु
0
Shares

आफ्नै पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन्। लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्काशन गर्ने पार्टीको निर्णयको विरुद्ध ठाकुर आयोग पुगेका हुन्।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टी ‘जसपा’को कार्यकारिणी समितिको बैठक नै नबसेको अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, बैठक बोलाउन कुनै सूचना पनि जारी भएको छैन।

पार्टीको बैठक नै नबसी लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना अवैध र गैरकानुनी भएको ठाकुरको जिकिर छ।

पत्रमा सोहि अवैध एवं गैरकानुनी निर्णयलाई सम्बोधन नगर्न र पत्रलाई आधार मानी निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ। 

Logo