विपक्षीसँग संख्या नपुगेपछि नयाँ सरकार गठन भएन : देउवा

विपक्षीसँग संख्या नपुगेपछि नयाँ सरकार गठन भएन : देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि आवश्यक सांसद संख्या विपक्षी दलहरूसँग नभएको बताएका छन्। 

सांसद संख्या नपुगेकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव नलगिएको स्पष्ट पारे। 

उनले अविश्वास प्रस्ताव दर्ता गरेर मतदान भएको अवस्थामा प्रस्तावको पक्षमा बहुमत नआए फेरि एक वर्ष दर्ता गर्न नपाउने बताए। संख्या नपुगी अविश्वास प्रस्ताव दर्ताको चाहना गरेर नहुने बताए।

यस्तै सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरबाही र असंवेदनशीताका कारण अस्पतालहरूमा भेन्टिलेटर र आइसियु कक्षहरूको अभाव भएको बताएका छन्।

कोभिड संक्रमितको संख्या दिनानुदिन बढीरहेको भन्दै उनले भेन्टिलेटर र आइसियु कक्षहरूको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह पनि गरे।

काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले संक्रमण यही गतिमा फैलिने हो भने देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै त्यसतर्फ सरकारलाई ध्यान दिन सुझाएका छन्।

सरकारले पूरा नभएको आयोजना उद्घाटन गरेर भिड्भाड गरेको कुनै ठोस काम पनि नगरेको आरोप लगाए।

उनले मजुदरसँगै विपन्न नागरिक र साना व्यवसायीलाई राहत उपलब्ध गराउन पनि माग गरे। उनले कोभिड संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन्।

Logo