कोरोना महामारी भयावह भयो, प्रधानमन्त्रीज्यू,अब त अहंकारको धरहराबाट ओर्लनुस् : गगन थापा

कोरोना महामारी भयावह भयो, प्रधानमन्त्रीज्यू,अब त अहंकारको धरहराबाट ओर्लनुस् : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन्। 

सामाजिक संजाल फेसबुकमा आज एक स्टाटस लेख्दै उनले सरकारका काम गराइप्रति तिब्र असन्तुष्टि पोखेका हुन् । 

स्वास्थ्य मन्त्रालयले हात उठाइसकेको अवस्थामा कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री गम्भिर नभएको भन्दै उनले आपत्ति जनाएका छन्।

'कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।' उनले भनेका छन्, 'सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौँ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ?'

प्रधानमन्त्रीलाई सचेत गराउँदै उनले भनेका छन्, 'प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।'

कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौँ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने, आपत्तिजनक छ ।

कठिन छ,तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।

Logo