को-को हुन् , नेपालमा कोरोना संक्रमित भिआइपीहरु? (भिडियोसहित)

को-को हुन् , नेपालमा कोरोना संक्रमित भिआइपीहरु? (भिडियोसहित)


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ केही मत्थर हुँदै गर्दा फेरि विभिन्न नयाँ भेरिएन्टका साथ फैलिएको छ। दोस्रो लहरको रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि तिब्र रुपले बढिरहेको छ । कोरोनाको दोस्रो लहरले छिमेकी राष्ट्र भारतमा झनै भयावह रुप लिइरहेको छ भने नेपालमा पनि दैनिक रुपमा संक्रमितको नयाँ रेकर्ड बनिरहेको छ। कोरोना फैलिएको डेढ वर्ष पुग्न लाग्दा पनि यसको जोखिम कम हुन सकेको छैन। अहिले पनि यस भाइरसको जोखिम उत्तिकै रहेको छ।

कोरोनाबाट विश्वका ठूला, साना, धनी गरिब कोही अछुतो रहन सकेका छैनन् । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा नेपालका उच्चपदस्थहरु पनि परेका छन् । यसमध्ये केहीले जटिल समस्याको सामना गरिरहेका छन् भने केही सामान्य अक्सिजनको सहायतामा उपचारत छन् । 

कोरोनाको दोस्रो लहरको चपेटामा नेपालका उच्चपदस्थहरु:

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह

कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह परेका छन् । शाह दम्पतीमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर नेपाल फर्किए लगत्तै उनीहरुमा संक्रमण देखिएको थियो। 

हाल उनीहरुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। वैशाख ११ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका शाह दम्पतीमध्ये कोमलको अवस्था जटिल भएको नर्भिक अस्पतालले जनाएको  छ । पूर्वरानी कोमल शाहको शरीरमा अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर अहिले प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। 

ज्ञानेन्द्रलाई भने, अस्पताल भर्ना भएको दिनदेखि नै अक्सिजनको सहयतामा राखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेका छैनन् । आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकाललाई कोरोना संक्रमण देखिएको छ । 

मन्त्री ढकालसँगै उनकी धर्मपत्नी इन्दिरा फूयाल पनि कोरोना संक्रमण देखिएको छ । हाल ढकाल दम्पती आफ्नै निवासमा आइसोलेशनमा रहेका छन्। स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

पछिल्लो समय तिब्ररुपले फैलिएको कोरोना संक्रमणबाट नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि संक्रमित भएका छन्। आफूलाई संक्रमण भएको जानकारी शर्माले सामाजिक संजाल फेसबुकबाट दिएका छन्। 

उनलाई तिब्र ज्वरो आएपछि जीउ दुखाइ बढेकोले आइतबार बेलुका स्टार हस्पिटलमा स्वाब परीक्षण गराउन दिएका थिए । सोमबार आएको रिपोर्टमा संक्रमण देखिएको उनले जानकारी दिएका छन् । 

कोरोनाबाट विश्वका ठूला, साना, धनी गरिब कोही अछुतो रहन सकेका छैनन् । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा नेपालका उच्चपदस्थहरु पनि परेका छन् ।

शर्मा हाल टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेर घरमै आइसोलेसनमा रहेका छन् । लक्षणले च्यापे पनि  मनोबल उच्च रहेको भन्दै उनले सबैलाई  सजग बन्न आग्रह पनि गरेका छन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमा पनि कोरोना पुष्टि भएको छ । खनाललाई शनिबार संक्रमण पुष्टि भएको थियो । कोरोनाको सामान्य लक्षण देखिएपछि खनालमा नर्भीक अस्पताल थापाथलीमा भर्ना गरिएको छ । अहिले खनालको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको छ। खनालको आधिकारिक फेसबूक पेजमार्फत खनालको स्वास्थ्य अवस्था भने समान्य नै रहेको जानकारी दिइएको छ । 

खानेपानी मन्त्री मणिचन्द्र थापा

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा पनि कोभिड–१९ को शिकार बनेका छन् । थापाको वैशाख १७ गते शुक्रबार पिसिआर परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको पनि स्वाब सङ्कलन गरिएको थियो । 

सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोकमा आफूलाई आइसोलेट गरिरहेका छन् । मन्त्री थापालाई सामान्य लक्षण मात्र देखिएको छ । 

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोप बहादुर रायमाझी पनि कोरोना संक्रमित भएका छन् । उनलाई बैशाख १३ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको छ।

गृहजिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि रायमाझीको पीसीआर परीक्षण गरिएको थियो। लक्षणसहितको कोरोना संक्रमण देखिएपछि रायमाझी अस्पताल भर्ना भएका थिए ।

पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल

निकै संक्रामक भनिएको कोरोनाको दोस्रो लहरबाट नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल पनि संक्रमित भएका छन् । पूर्वप्रधान सेनापति कटवाललाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। हाल उनी सैनिक अस्पतालको आइसीयूमा कोरोनासँग लडिरहेका छन्। 

पूर्वसभामुख दमननाथ ढुंगाना

कोरोना संक्रमण हुनेमा अर्का छन् पूर्वसभामुख दमननाथ ढुंगाना । ढुंगाना आफैंले ट्वीटरमार्फत् कोरोना संक्रमित बनेको जानकारी दिएका छन् । सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले आफुलाई पनि गाँज्न पुगेको उनले ट्वीटरमा लेखेका छन् ।  हाल ढुंगाना भक्तपुस्थित आफ्नै निवासमा होम आइसोलेसनमा छन् । 

Logo