नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने तर विश्वासको मतको विपक्षमा मत दिने निर्णय बैठकले गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताएका थिए।
उनले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै उनको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताए।
कांग्रेस सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताए।





























प्रतिक्रिया